
सुन्दर कुमार थकाली, जोमसोम मुस्ताङ । बेनी देखि कोरला १७८ किलोमिटर शडक योजना कार्यालय स्थापनाका लागि केन्द्रिय शडक बिभाग कार्यालयले प्रोजेक्टको रुपमा योजना प्रमुख नरेन्द्र सवेदी र एक ईन्जिनिरलाई हिमालपारिको जिल्ला मुस्ताङमा खटाएको छ ।
बिभागले कालिगण्डकी करिडोर जस्तै कार्यसम्पादन गर्नका लागि जोमसोममा कार्यालय स्थापना गर्न लागेको हो । स्थापित कार्यालयले बेनी ÷कोरला शडकको अनुगमन र रेखदेख जिल्लाबाटै गर्ने भएको छ। कार्यालयले बेनी÷देखि जोमसोम शडकको बिस्तृत सर्वेगरि लागत स्टमेट तयार गरि टेन्डर आहवान गर्ने भएको छ। योजना प्रमुख नरेन्द्र सुबेदीका अनुसार शडकको भेरि फ्वाई सकिएको र केन्द्रियतहबाटै टेन्डर प्रक्रियाँ निर्णय लिईने उनले बताए ।
नेपाल सरकार अर्थ मन्त्रालयबाट स्विकृत गरि बिभागले गतवर्ष जोमसोम÷कोरला शडकका लागि साढे तीन अर्व र पछिल्लो समय बेनी÷जोमसोम शडकका लागि करिव चार अर्वको हाराहारीमा लागत स्टमेट बजेटको तयारी गरेको योजना प्रमुख सुवेदीले बताए ।उनले ,स्टमेट बनाई डकुमेन्ट तयार गरि कुन कन्ट्रक्सनले कति समयाअवधिमा सक्नेहो त्यो हेरेर मात्र समयसिमा निक्र्योल गरिने बताए ।
जोमसोम देखि कोरला शडकको स्तरउन्नती र ग्राभेल बिस्तारका लागि वर्षायाममा खोलाको समस्या र हिउँदमा चिसोका कारण वार्षिक ४ महिना पनि काम संन्चालन गर्न गाहे हुने सुवेदीले बताए । उनले कालिगण्डकीको बहाव बढ्नु अघि नै निर्माण सामाग्री जम्मा गर्नसकेमा थप समय काम गर्न सकिने उनको भनाई छ ।
जोमसोम देखि कोरलानाका सम्मको शडक ग्राभेलका लागि टेन्डर अवार्ड भैईसकेको छ।दुई वर्ष भित्र कुल सात प्याकेजको काम सक्ने गरि करिव ३ अर्वको हाराहारीमा ठेक्काको जिम्मा लगाई सकिएको शडक डिभिजन कार्यालय अन्तर्गत मुस्ताङको समेत साईड हेर्ने ईन्जिनियर नारायण पौडेलले जानकारी दिए ।बेनी÷जोमसोम ७८ कि.मि र जोमसोम कोरला १०० कि.मि रहेको छ ।
