मुस्ताङको छैरोमा सुख्खा पहिरो ,खेतियोग्य जमिन भाँसिदा लाखौको क्षति
मुस्ताङको घरपझोङ गाउपालिका वडा नम्बर २ मार्फा कृषि सामाग्रीको कालिगण्डकी पूवपट्टीको खेतियोग्य जमिनमा सुख्खा पहिरो जादा करिव २ सय स्याउको बोट नष्ट भएको छ । मंगलबार दिनभर परेको हिमपात र मध्यरातमा चलेको हावाहुरी संगै छैरो गाउतर्फ सुख्खा पहिरो गई जमिन भाँसिएको छैरो गाउ समाजका अध्यक्ष भीमबहादुर रसाईली जानकारी दिए ।
उनले सुख्खा पहिरोले लाखौ रुपैया पर्ने खेतियोग्य जमिनका साथै वर्षेनी लाखौ कमाईदिने स्याउको बोट बगाएको जानकारी दिए । मध्यरातमा सुख्खा पहिरो खस्दा पूर्वतर्फको कालिगण्डकी तटिय खेतियोग्य जमिनको किनारमा रहेको ठुला ठुला सल्ला र धुपीका रुखहरु बगाउदा कालिगण्डकी नदी थुनिएर ताल बनेको उनले जानकारी दिए । हिउदयामको मौसममा कालिगण्डकीको पानीको सतह सानो भएपनि लामो समय नदी थुनिदा बुधबार बिहान स्थानीयले हेर्दा ताल बनेको थियो ।
नदी थुनिएको ताल जमिनको सतहमा आईपुग्दा छैरो र मार्फा सामाग्री नजिक बसेको करिव ५० घरधुरी त्रसित बनेका थिए । सुख्खा पहिरोले गर्दा कालिगण्डकी पूर्ण रुपमा थुनिएर करिब १२ फिट गहिराईमा पानी जमेको थियो । विहान करिब ११ बजेपछि पानीको सतह केही बढेपछि पाहिरोलाई नाँघेर पानी बगेको स्थानीय सुकुन रर्सालीले जानकारी दिईन् । गत वर्षायाममा पनि बर्षाका कारण उक्त स्थानमा निकै क्षति पु¥याएको उनले बताईन् ।
उनका अनुसार कालिगण्डकीमा पानीको मात्रा बढ्दा सोही स्थानमा पहिरो गई ठुलो क्षति पु¥याएको हो । क्षति पु¥याएको स्थानमा केही दिन अगाडी गएको भुकम्पको पराकम्पन तथा मंगलबार परेको हिउँले जमिनको माटो भिजेपछि नदी थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । प्रहरीका अनुसार बाढीले क्षयीकरण भएको जमिनको सल्ला र धुपीका रुख विरुवाहरु हावाको असरले माटो कमजोर बनाउदा जमिन भाँसिन पुगेको प्रहरीको अनुमान छ ।
घरपझोङ वडा नं. १ छैरोको छैरो छहरा गुम्बाको नाममा रहेको स्याउ बगान र स्थानीय मनप्रसाद विकको गरी करिब सय रोपनी जमिन भासिएको स्थानीयको भनाई छ । जामिन भासिएर कालिगण्डकी थुनिएको विहान मात्र स्थानीय थाहा पाएका थिए ।बस्ती नजिक ताल बनेपछि स्थानीयले प्रशासनलाई खबर गराएका थिए । प्रशासनलाई विहान ९ बजे मात्र जानकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मी बताए । त्यसपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उक्त स्थानमा खटिएको रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार सुरक्षा निकायले पहिरो नियन्त्रणमा लिन नसकेपछि कोरला सडकमा प्रयोग भएको स्काभेटर प्रयोग गरी साँझ ४ बजे मात्र पहिरो नियन्त्रणमा आएको रेग्मीले जनाए । घरपझोङ गाउँपालिका अध्यक्ष आश बहादुर थकालीले ठूलो क्षति पुगेको उक्त स्थानमा आवश्यक तटबन्धनसहित दीघकालिन समाधानको उपाय निकालिने गरिने जानकरी दिए । खेतीयोग्य उर्बरा भूमि पहिरोले बगाएपछि स्थानीयवासी चिन्तित बनेका छन् । सरकारले दिगो रुपमा रोकथामको उपाय नअपनाएकाले यो क्षति व्यहोर्न पुगेको गाउ समाजका पूर्व अध्यक्ष आशबहादुर थकालीले दावी गरे ।
‘गत वर्षायाम र अहिले गरी निकै क्षति पुगेको छ, रोकथामका दीर्घकालिन उपाय अपनाउन नसके छैरो गाउँ नै जोखिममा पर्छ’, उनले भने । स्थानीय शंकर विकले हिउँदयाममा पानिको सतह कम भयानक क्षति नभएको बताए ।उनले वर्षायाम भएको भए निकै क्षति हुने जनाए । विकका अनुसार कालीगण्डकी करिडोरले सडक निर्माण गर्दा लापारबाही गर्दा वडा नं. २ अन्तरगतको समाग्रीतिरको जमिनमा पनि निकै क्षति पु¥याएको दावी गरे । उनले सडक निर्माणका क्रममा सडकमा जथाभावी पानी छाडिदिँदा सडक वरपरका जमिन निकै चर्किएर बस्ती नै जोखिममा परेको उनले जानकारी दिए ।
रपझोङ वडा नं. १ छैरोको छैरो छहरा गुम्बाको नाममा रहेको स्याउ बगान र स्थानीय मनप्रसाद विकको गरी करिब सय रोपनी जमिन भासिएको स्थानीयको भनाई छ । जामिन भासिएर कालिगण्डकी थुनिएको विहान मात्र स्थानीय थाहा पाएका थिए ।बस्ती नजिक ताल बनेपछि स्थानीयले प्रशासनलाई खबर गराएका थिए ।
प्रशासनलाई विहान ९ बजे मात्र जानकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मी बताए । त्यसपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उक्त स्थानमा खटिएको रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार सुरक्षा निकायले पहिरो नियन्त्रणमा लिन नसकेपछि कोरला सडकमा प्रयोग भएको स्काभेटर प्रयोग गरी साँझ ४ बजे मात्र पहिरो नियन्त्रणमा आएको रेग्मीले जनाए ।
घरपझोङ गाउँपालिका अध्यक्ष आश बहादुर थकालीले ठूलो क्षति पुगेको उक्त स्थानमा आवश्यक तटबन्धनसहित दीघकालिन समाधानको उपाय निकालिने गरिने जानकरी दिए । खेतीयोग्य उर्बरा भूमि पहिरोले बगाएपछि स्थानीयवासी चिन्तित बनेका छन् । सरकारले दिगो रुपमा रोकथामको उपाय नअपनाएकाले यो क्षति व्यहोर्न पुगेको गाउ समाजका पूर्व अध्यक्ष आशबहादुर थकालीले दावी गरे । ‘गत वर्षायाम र अहिले गरी निकै क्षति पुगेको छ, रोकथामका दीर्घकालिन उपाय अपनाउन नसके छैरो गाउँ नै जोखिममा पर्छ’, उनले भने ।
स्थानीय शंकर विकले हिउँदयाममा पानिको सतह कम भयानक क्षति नभएको बताए ।उनले वर्षायाम भएको भए निकै क्षति हुने जनाए । विकका अनुसार कालीगण्डकी करिडोरले सडक निर्माण गर्दा लापारबाही गर्दा वडा नं. २ अन्तरगतको समाग्रीतिरको जमिनमा पनि निकै क्षति पु¥याएको दावी गरे । उनले सडक निर्माणका क्रममा सडकमा जथाभावी पानी छाडिदिँदा सडक वरपरका जमिन निकै चर्किएर बस्ती नै जोखिममा परेको उनले जानकारी दिए ।