उज्यालो पारिदै छ,लार्जुङ
सुन्दर कुमार थकाली
हिमालपारिको जिल्ला मुस्ताङको लार्जुङक्षेत्र वरपरका स्थानीयवासीले (ल्ह्फेव)नजीकिदै गर्दा होटल तथा घरलाई रङ्ग रोगन लगाई उज्यालो पारी सिङ्गार्नमा व्यस्त छन् । टाढा टाढाबाट आएका आफन्त र आमन्त्रित पाहुनाका लागि आवास र खानपानको चाँजोपाजो मिलाई रहेका छन् ।उनीहरुले मेला र देवता निकालिने स्थान वरपर सरसफाई गरि वातावरण चुस्त राख्ने कार्यमा जुट्दै छन्।
थकालीहरुको निकै महत्व राख्ने यो पर्वलाई मध्यनजर गर्दे मुस्ताङ जीप तथा बस व्यवसाय समिति र श्री मुक्तिनाथ दर्शन यातायात प्रा.लि.ले मुस्ताङ भित्रिने यात्रुहरुको शहजता लागि भाडादर तथा सेवामा थप बिस्तार गरेका छन्।उनीहरुले स्वदेश तथा बिदेशबाट जन्मथलो आउँने थकालीहरुका लागि देनिक १६ घण्टा अटुट सेवा प्रवाह गर्ने जनाएका छन्।‘हाम्रा गाडीहरु कुम्भमेला स्थलमा स्टाईनबाई रहने छन्,जसले जतिखेर पनि मुस्ताङका जुनसुकै स्थानमा जानका लागि गाडी उपलब्ध हुनेछन्’मुस्ताङ जीप तथा व्यवसायीका अध्यक्ष मिन प्रसाद थकालीले भने‘थकालीहरुको धार्मिक महत्व राख्ने पर्व भएकाले यस अवधिभर हामी सबैगाडीहरु एकैसाथ परिचालन गर्ने छौ ।’
त्यस्तै श्रीमुक्तिनाथ दर्शन यातायात प्रा.लि.का अध्यक्ष महेन्द्र थकालीले पर्वलाई लक्षित गर्दे आरामदायी र केही छुट दिएर थोरै यात्रु भए पुग्ने सुमो सेवा बिस्तार गरिएको बताए।उनले नाफालाई भन्दा सेवालाई महत्व राखेर कसरी सवारी परिचालन गर्ने भन्ने बिषयमा योजना बनाउँदै गरेको बताए।‘यात्रु कस्तो सेवा लिन चाहान्छन् हामी त्यस अनुसारको सेवा दिन तयार रहेका छौ’उनले भने‘अब सवारी नपाएर अलपत्र पर्नुपर्ने अवस्था छैन।’
जिल्लाका स्थानीय थकाली (चारचन) र बिभिन्न प्रयोजनमा जिल्ला छाडेर पलायन भएका थकाली (चारचनं)समुदायहरुको संगिन भेटका लागि यसपटक उनीहरु (ल्हफेव)को व्यग्र प्रतिक्षामा छन्।यसपटक पर्वलाई भव्य÷सभ्य रुपमा मनाउँन एकआपसमा आत्मियता साट्ने तरखर बुन्दै छन् थकाली समुदाय ।केहि थकालीहरु जिल्ला भित्रिने क्रम समेत सुरु भएको छ।
सदियौंकाल देखि जन्मथलो छाडेर बिभिन्न पेशा र व्यवसायको शिलशिलामा बिछोडिएका थकाली मनहरुलाई जोड्ने पुल बन्दैछ (ल्ह्फेव) अर्थात देवता निकाल्ने पर्व ।उनीहरु १२ वर्ष लामो अन्तरालको बिछिप्त पिडाँ र सम्झना जन्मथलो मुस्ताङको थाकसातसयमा धितमर्ने गरि छताछुल्ल पार्ने सुरमा छन्। यसपटक तिनै चारचन खलकका होनाहार व्यक्तित्व मुस्ताङ जिल्लाबाट प्रतिनिधित्व गर्ने वाणिज्य मन्त्री रोमी गौचन थकालीबाट शुक्रवार ल्ह्फेवको भव्य रुपमा औपचारिक उद्घाटन हुने कार्यक्रम छ ।
१२ बष॔ मेलाको सु अवसर पारि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन,कोबाङ

अध्यक्षज्यू , चोमन्क्यु दाजुभाई पोखरा क्षेत्र ।१२ बष॔ मेलाको सु अवसर पारि २०७३ सालको पौष २५,२६ र २७ गतेका दिन कोबाङ गा बि स मा हुने ३दिने वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको लागि रू१०,०००-आथि॔क सहयोग गनु॔ भएकोमा हादि॔क धन्यबाद दिन्छौ । अध्यक्ष , थकाली स्वास्थ्यकमी॔ परिवार ।
१२ बष॔ मेलाको सु अवसर पारि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन,कोबाङ

