Kobang Dhaulagiri

उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नागरिकता र राहदानी पाउने

मुस्ताङ , उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् । भाद्र २९ गते बुधवार ईलाका प्रशासन कार्यालय लोमान्थाङको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीद्धारा विधिवत रुपमा उद्घाटन भएपछि स्थानियले गाउँ तहमै उक्त सुविधा पाउने भएका हुन् ।

%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%99-lmanthang-1024x681

घमी, चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप र सुर्खाङ गाविसका सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै लोमानथाङमा इलाका प्रशासन कार्यालय सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गरेपछि हप्तादिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि लोमान्थाङमा सीमा प्रशासन कार्यालय मार्फत उपल्लो

मुस्ताङवासीका दैनिक समस्या समाधान गर्ने प्रयास गरिए पनि कार्यालय गत माघमा खारेज भएपछि स्थानियलाई थप प्रभावकारी सेवा उपलब्ध गराउन इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । यसबाट २ हजार ७२ वर्ग किमि क्षेत्रफल रहेको उपल्लो मुस्ताङका ६ गाविसका करिब ३ हजार ३ सय जनसंख्या लाभान्वित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *