सुन्दर कुमार थकाली,आदर्श समाज दैनिक
मुस्ताङ,असोज,९,आईतवार— जिल्ला स्तरिय आखाँ शिविर कार्यक्रम अनुसार हिमाली जिल्ला मुस्ताङमा आँखा संम्वन्धि समस्या र आखाँमा मोतिबिन्दु लागेका बिरामीहरुको दुईदिने आँखा शिविर शनिवार संम्पन्न भएको छ।
तिलगङ्गा आखाँ प्रतिष्ठान केन्द्र काठमान्डौंको आयोजना तथा जिल्ला स्वास्थ कार्यालय जोमसोम र जिल्ला सामुदायिक आँखा केन्द्र मुस्ताङको समन्वयमा असोज ६—७ गते सम्म संन्चालित उक्त शिविरमा जिल्लाका १६ गाविस अन्तरगत उपल्लो मुस्ताङको लोमान्थाङ देखि तल्लो मुस्ताङको घाँसा सम्मका २सय८० जना स्थानीय आँखाका बिरामीहरुले उपचारबाट लाभ लिएका छन्।
तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्रमा कार्यरत वरिष्ट चिकित्सक डा. रोहित सैजु सहित ५जनाको समुहले शिविरका बिरामीहरुलाई अप्रेशन र चेकजाच गरेका थिए।जिल्ला सामुदायिक आँखा केन्द्रकी ईन्चार्ज रुमिला नेपालीका अनुसार शिविरमा कुल २ सय ८० बिरामी मध्ये २६ जना बिरामीले मोतिबिन्दुको ,१ जनाले मासुको र १ जनाले परेलाको अप्रेशन गरेका थिए,भने,बाँकी बिरामीहरुले आँखाको सामान्य चेक जाँच गरेका थिए ।सो अवसरमा, शिविरमा उपचार गराएका बिरामीहरुलाई प्रतिष्ठान केन्द्रले निःशुल्क अप्रेशन र औषधि उपचारको व्यवस्था गराईएको ईन्चार्ज नेपालीले जानकारी गराईन्।
केन्द्रको जिल्ला स्तरिय कार्यक्रम अनुसार सदरमुकाम जोमसोममा तेश्रो पटक संन्चालित सिविर हो ।केन्द्रले वर्षेनी एक पटक जिल्लामा आँखा शिविरको आयोजना गर्ने गर्दछ। आँखा शिविरका लागि आएका टोलिहरुलाई जिल्ला बिकास समिति मुस्ताङले एक साँझको खानपान व्यवस्था मिलाएको थियो,भने,शिविरमा आएका बिरामीहरुलाई जोमसोम महिला समुह र पूथाङ आमा समुहले खाजाको व्यवस्था मिलाएको थियो।त्यस्त,ै नेपाल रेडक्रस रेडक्रस सोसाईटी जिल्ला शाखा मुस्ताङका स्वंयम् सेवकहरुले भौतिक तथा मानविय सहयोग गरेको रविन पाईजाले जानकारी
