सुन्दर कुमार थकाली, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको ईतिहाँसमा एक कालखण्डको अन्त्य भएको छ।नेपालमा राजतन्त्रको प्रत्यक्ष शासन प्रणालीको अन्त्य भएतापनि मुस्ताङ्गी जनताहरुको ढुकढकीमा रहेका ऐतिहाँसिक तथा धार्मिक राजा जिग्मे धोर्जे धाङदुल प्रवल बिष्टको शवयात्रा अन्त्येष्टी कार्यक्रममा मुस्ताङ्गी समुदायले देखाएको एक्येबद्धताले पुष्टि गरेको छ ।
सोमवार दिउँसो टेकु स्थित दोभानघाटमा पूर्व राजा जिग्मे धोर्जे धाङदुल प्रवल बिष्टको अन्त्येष्टी शोक सभा सम्पन्न भएको छ ।शोक सभामा नेपाल सरकारका तर्फबाट उर्जा मन्त्री जनार्दन शर्मा प्रभावकर बाणिज्य मन्त्री रोमी गौचन थकाली,बाणिज्य सहायक मन्त्री सुवर्ण ज्वारचन ,पूर्व उपप्रधान मन्त्री रामचन्द्र पौडेल,पूर्व अर्थ मन्त्री प्रकाशचन्द्र लोहनी, मुस्ताङ जिल्लाका माननीय सभासद श्रीमाया थकाली र महेन्द्र शेचचन,पूर्व मन्त्रीहरु र बिदेशी कुटनीतिक नियागका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।
श्रद्धान्जली समारोहमा स्वगिर्य राजा बिष्टको पार्थिव शरिरलाई नेपाली सेनाले शोक सलामी दिएको थियो ।राजा बिष्टको लाशलाई वरिष्ठलामा गुरुहरुले दागबत्ती दिएका थिए ।श्रद्धान्जी तथा अन्त्येष्टिमा १५ हजार मानिसको उपस्थित रहेको ईन्द्रधारा बिष्टले जानकारी दिए ।
ऐतिहाँसिक तथा धार्मिक राजा जिम्मे धोर्जे दाङदुल प्रवल बिष्ट अब यो धर्तीमा रहेनन् ।उनको ८५ वर्षको उमेरमा गएराती चावहिल स्थित ओम नसिङ होममा आसामयिक निधन भएको छ।लामो समय देखि प्रेशर र युरिकेसिटको समस्या झल्दै आएका राजा प्रवल बिष्ट पछिल्लो समय निमुनियाको रोगले समेत पिडित बनेका थिए ।
बिभिन्न प्रकारका रोगहरुले उनलाई बिस्तारै गाल्दै गएपछि बुधवार उनलाई ओम नसिङ होममा भर्ना गरिएको परिवार श्रोतले बताएको छ । राजा बिष्टको उपचारकै क्रममा बिहिवार राती निधन भएको थियो ।
गत बैशाख १२ गतेका महाभुकम्पको असरले लोमान्थाङमा रहेको ऐतिहाँसिक दरवार चर्किएर क्षेतविक्षत भएका कारण राजा जिम्मे धोर्जे दाङदुल प्रवल बिष्ट र उनको परिवार गत वर्ष देखि राजधानी काठमान्डौमा बस्दै आएका थिए ।राजा बिष्टका श्रीमती श्रीतोल प्रवल बिष्टका साथमा दुई छोरा र एक छोरी छन् ।युवराज जिम्मे सिङ्गे प्रवल बिष्ट पनि बुवाकै साथमा काठमान्डौंमानै बसोबास गर्दे आएका थिए
अन्त्येष्टि तथा श्रद्धान्जली सभामा सबैका आखाँ रसाएका थिए । भावविभल हुदै कोहि डाँको छाडेर रोएर राजा बिष्टको अन्तिम पाउँ ढोग्दै अलबिदाँ गरेका थिए । ‘निकै कारुणिक रह््यो श्रद्धान्जली तथा अन्त्यष्टि ।’— लोमान्थाङका युवा समाजसेवी ईन्द्रधारा बिष्टले स्मरण गर्दे भने‘उहाँ हाम्रो मन मुटुमा हुनुहुन्थ्यो,दुःखका पिडाँका बेला सारथि बन्नुहुन्थ्यो,तर उहाँको अभावले उपल्लो मुस्ताङवासीले कुशल नेतृत्व गमाएका छौं।
उनले भने ।’उनका अनुसार राजा बिष्टको पाचौ दिन उहाँकै निवास बौद्धबाट सवयात्रा सहित टेकुको दोभानघाटमा बुद्धिस धर्म—संस्कृति अनुसार अन्त्येष्टि गरिएको बताए । उनले हिउँदयाम भएका कारण अधिकाँश मुस्ताङका स्थानीय पोखरा र राजधानीमा केन्द्रित रहेकाले सबैलाई अन्त्येष्टिमा शहभागी रहन शहज भएको बताए ।
बुद्धिस धर्मका हिमायती,तिब्बतीयन र नेपाली कलासंस्कृतीमा रम्दै हिमाली जिल्ला मुस्ताङको २५ औं पुस्ताको बागडोर सम्हाल्दै जीवनका आरोह—अवरोहमा स्थानीय जनताको सुख दुःखमा हातेमालो गर्दे आएका राजा बिष्टलाई उपल्लो मुस्ताङवासी भगवानको रुपमा मान्दै आएका थिए ।
लामो ईतिहाँस रहेको मुस्ताङी राजाको पहिचान र छवीलाई देशको राजनीतिक परिवर्तनले समेत आझेल पार्न सकेको थिएन । स्वर्गिय राजा बिष्टले राजनीतिक रुपले बैधानिक राजाको हैसियत गुमाएता पनि जनताले उनलाई सधै जनप्रिय राजाको रुपमा भगवान सरह पुजागर्ने गरेको उनका भान्जा राजु बिष्टले बताए ।
#सेनाको#शोक#सलामी#सहित#पूर्व#मुस्ताङी#राजाको#अन्त्येष्टि
सुन्दर कुमार थकाली,
हिमालपारिको जिल्ला मुस्ताङको ईतिहाँसमा एक कालखण्डको अन्त्य भएको छ।नेपालमा राजतन्त्रको प्रत्यक्ष शासन प्रणालीको अन्त्य भएतापनि मुस्ताङ्गी जनताहरुको ढुकढकीमा रहेका ऐतिहाँसिक तथा धार्मिक राजा जिग्मे धोर्जे धाङदुल प्रवल बिष्टको शवयात्रा अन्त्येष्टी कार्यक्रममा मुस्ताङ्गी समुदायले देखाएको एक्येबद्धताले पुष्टि गरेको छ ।
सोमवार दिउँसो टेकु स्थित दोभानघाटमा पूर्व राजा जिग्मे धोर्जे धाङदुल प्रवल बिष्टको अन्त्येष्टी शोक सभा सम्पन्न भएको छ ।शोक सभामा नेपाल सरकारका तर्फबाट उर्जा मन्त्री जनार्दन शर्मा प्रभावकर बाणिज्य मन्त्री रोमी गौचन थकाली,बाणिज्य सहायक मन्त्री सुवर्ण ज्वारचन ,पूर्व उपप्रधान मन्त्री रामचन्द्र पौडेल,पूर्व अर्थ मन्त्री प्रकाशचन्द्र लोहनी, मुस्ताङ जिल्लाका माननीय सभासद श्रीमाया थकाली र महेन्द्र शेचचन,पूर्व मन्त्रीहरु र बिदेशी कुटनीतिक नियोगका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।श्रद्धान्जली समारोहमा स्वगिर्य राजा बिष्टको पार्थिव शरिरलाई नेपाली सेनाले शोक सलामी दिएको थियो ।राजा बिष्टको शरिरलाई वरिष्ठलामा गुरुहरुले दागबत्ती दिएका थिए ।श्रद्धान्जी तथा अन्त्येष्टिमा १५ हजार मानिसको उपस्थित रहेको ईन्द्रधारा बिष्टले जानकारी दिए ।
ऐतिहाँसिक तथा धार्मिक राजा जिम्मे धोर्जे दाङदुल प्रवल बिष्टको ८५ वर्षको उमेरमा बिहिवारराती चावहिल स्थित ओम नसिङ होममा आसामयिक निधन भएको हो।लामो समय देखि उक्तरक्तचाप र युरिएसिड समस्या झेल्दै आएका राजा प्रवल बिष्ट पछिल्लो समय निमोनियाको रोगले समेत ग्रसित बनेका थिए ।
बिभिन्न प्रकारका रोगहरुले उनलाई बिस्तारै गाल्दै गएपछि मंगलवार उनलाई ओम नसिङ होममा भर्ना गरिएको थियो ।राजा बिष्टको उपचारकै क्रममा बिहिवार राती निधन भएको थियो ।
२०७२ साल बैशाख १२ गतेको महाभुकम्पको असरले लोमान्थाङमा रहेको ऐतिहाँसिक दरवार चर्किएर क्षेतविक्षत भएका कारण राजा जिम्मे धोर्जे दाङदुल प्रवल बिष्ट र उनको परिवार गत वर्ष देखि राजधानी काठमान्डौमा बस्दै आएका थिए ।राजा बिष्टका श्रीमती श्रीतोल प्रवल बिष्टका साथमा दुई छोरा र एक छोरी छन् ।युवराज जिम्मे सिङ्गे प्रवल बिष्ट पनि बुवाकै साथमा काठमान्डौंमानै बसोबास गर्दे आएका थिए ।
अन्त्येष्टि तथा श्रद्धान्जली सभामा सबैका आखाँ रसाएका थिए । भावविभल हुदै कोहि डाँको छाडेर रोएर राजा बिष्टको अन्तिम पाउँ ढोग्दै अलबिदाँ गरेका थिए । ‘निकै कारुणिक रह््यो श्रद्धान्जली तथा अन्त्यष्टि ।’— लोमान्थाङका युवा समाजसेवी ईन्द्रधारा बिष्टले स्मरण गर्दे भने‘उहाँ हाम्रो मन मुटुमा हुनुहुन्थ्यो,दुःखका पिडाँका बेला सारथि बन्नुहुन्थ्यो,तर उहाँको अभावले उपल्लो मुस्ताङवासीले कुशल नेतृत्व गमाएका छौं। उनले भने ।
’उनका अनुसार राजा बिष्टको पाचौ दिन उहाँकै निवास बौद्धबाट सवयात्रा सहित टेकुको दोभानघाटमा बुद्धिस धर्म—संस्कृति अनुसार अन्त्येष्टि गरिएको बताए । उनले हिउँदयाम भएका कारण अधिकाँश मुस्ताङका स्थानीय पोखरा र राजधानीमा केन्द्रित रहेकाले सबैलाई अन्त्येष्टिमा शहभागी रहन शहज भएको बताए।
बुद्धिस धर्मका हिमायती,तिब्बतीयन र नेपाली कलासंस्कृतीमा रम्दै हिमाली जिल्ला मुस्ताङको २५ औं पुस्ताको बागडोर सम्हाल्दै जीवनका आरोह—अवरोहमा स्थानीय जनताको सुख दुःखमा हातेमालो गर्दे आएका राजा बिष्टलाई उपल्लो मुस्ताङवासी भगवानको रुपमा मान्दै आएका थिए ।लामो ईतिहाँस रहेको मुस्ताङी राजाको पहिचान र छवीलाई देशको राजनीतिक परिवर्तनले समेत आझेल पार्न सकेको थिएन ।स्वर्गिय राजा बिष्टले राजनीतिक रुपले बैधानिक राजाको हैसियत गुमाएता पनि जनताले उनलाई सधै जनप्रिय राजाको रुपमा भगवान सरह पुजागर्ने गरेको उनका भान्जा राजु बिष्टले बताए ।