About us

मेरो अनि मेरो माइती गाउको

phool-kumari-nepaliनमस्ते , मेरो नाम फूल कुमारी नेपाली हो l मेरो जन्म धौलागिरि अञ्चल को मुस्ताङ्गको कोबाङ्गमा सन् १९६३ सालमा भएको हो l मेरो सामान्य शिक्षा जन आदर्श माध्यमिक बिधालय कोबाङ्ग मुस्ताङ्ग मा भएको हो l सन् १९७८ मा दशैको बेला यसै क्षेत्रमा अवस्थित म्याग्दी को दानाका मेरा श्रीमान मानकाजी नेपाली संग बिवाह बन्धन मा बाधिन पुगे पश्चात श्रीमान संग बेनी बजारमा ” म्याग्दी फेमस टेलर ” संचालन गर्दै रहँदै आएको थियौ l त्यसको केहि समय पश्चात विदेश जाने रहरले हामीलाई विदेश कसरि जाने भन्ने प्रयास गरि रहदा सन् १९८० मा मेरा श्रीमान् जर्मनी लाग्नु भन्यो l श्रीमान् जर्मनी लागे पश्चात , म फेरि म्याग्दीको तातो पानी स्थित श्रीमान्को परिवार सासु ससुरा संग बस्न पुगे l लगभग ३ वर्ष पछि अर्थात सन् १९८३ मा श्रीमान जानु भएको देश जर्मनी मा म पनि जाने भए र सन् १९८३ देखि श्रीमान् र छोरा छोरि संगै जर्मनी मा बस्दै आएको छु l जर्मनी बसाइको लगभग ३६ बर्ष भैसकेको यस अवस्थामा आफ्नो माइती गाउको अत्यन्तै यादगार दिनहरुले सताउने गर्दछ l आफु जन्मको ठाउ , आफ्नो गाऊ वरिपरिका ति स्वर्ग सरिदेखिने हिमाल , स्वस्छ कलकल बगेको कालीगण्डकी को सेरोफेरो मेरो मानसपटलमा हरेक क्षण सचित्र चलमलाई रहेको हुन्छ , फेरि ति सानाका संगी- संगिनीहरु सम्झ्यो कि कहिँ कतै जर्मनी जस्तो देश मा जति नै भौतिक सुबिधा सर्वसम्पन्न भेटा पनि प्राप्त भएता पनि त्यहि गोरेटो अनि बस्ति त्यहि रहनसहन प्यारो हुने रहेछ l
आफ्ना यी यादहरुलाई सदैब अजरमर रही रहोस भन्ने मेरो मन मा आउने गर्छ l त्यसैले त मैले यी सबै यादहरुलाई अझै ताजा र जीवन्तता दिन मेरो माइती गाउलाई अन्यत्र केहि भए पनि चिनाउन बेला बेला मा फोटो र भिडियोहरु सेयर गरे गरेकी छु , यसैको परिणाम स्वरुप अन्तत्वगोत्वा मैले ” कोबाङ्ग धौलागिरि डट्कम ” प्रकाशन गर्ने जमर्को गरेकी छु ताकि मैले मेरो माइती गाउलाई मेरो सानो प्रयास भएनी सबै सामु चिनाउन सक्छु कि भन्ने हो